June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

ललिता निवास जग्गा प्रकरणका ‘बिचौलिया’ सुवेदी दम्पतीलाई पाँच दिन थुनामा राख्‍न आदेश

3.1K

काठमाडौँ — ललिता निवासको जग्गामा हिनामिना प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सुवेदी दम्पतीलाई मंगलबार राति स्वयम्भूबाट पक्राउ गरेको थियो । पक्राउ परेका सुवेदी ललिता निवास जग्गा हिनामिना प्रकरणका ‘मुख्य योजनाकार’ हुन् ।

सीआईबीले बुधबार बिहान सरकारी कार्यालय खुले लगत्तै म्याद थपका लागि जिल्ला काठमाडौंमा उपस्थित गराएको थियो । त्यसपछि अदालतले दुवै जनालाई पाँच दिन थुनामा राख्‍न अनुमति दिएको सीआईबीले जनाएको छ ।

Advertisement