काठमाडौं । नेपाली काँग्रेस कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा प्यानलको विक्रम शाह र कर्णबहादुर बुढा निर्वाचित भएका टन् ।
मत परिणाम अनुसार शाहले २८२० मत पाए भने अर्का बुढाले २२०० मत पाए ।
राप्रपा परित्याग गरी काँग्रेसमा आएका डोल्पाका बुढाले काँग्रेसको प्रभावशाली नेता तथा पूर्वमन्त्री हृदयराम थानीलाई एक मतले पराजित गरका हुन् ।
कर्णालीबाट महिलातर्फ देउवा समूहकै जानकी सिंह विजयी भएकी छन् ।