काठमाडौं । प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक सुरु भएको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन प्रतिनिधिसभाको बैठक शुरु भएको हो ।
स्रोतका अनुसार आजको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।