लण्डन । नेपाली सैनिकलाई कोभिड–१९ महामारीविरुद्ध लड्न बेलायत सैनिकले सहयोग प्रदान गरेको छ । ब्रिटिस गोर्खा सैनिकले नेपाली सैनिकलाई शैय्या र पीसीआर परीक्षणका उपकरण प्रदान गरेको हो ।
काठमाडौंस्थित बेलायती दूतावासका अनुुसार कोभिड उपचारमा सजिलो हुने २५ वटा शैय्या र पीसीआर उपकरणका किट्स र मेसिन प्रयोग गरिएको जनाएको छ ।
उक्त सामग्रहरु ब्रिटिस गोर्खाका कमान्डर पौल स्मिथले सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सैनिक अधिकारीलाई सहायता सामाग्री हस्तान्तरण गरेका थिए ।
यो सैनिक सहायताले नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप बलियो हुने आशा बेलायती दूतावासले लिएको छ ।