June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

सर्वदलीय बैठक विना निष्कर्ष टुंगियाे

2.3K

काठमाडौं : संसद अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्ने विषयमा छलफल गर्न आज बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ।

बेलुकी चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दलहरूले आ–आफ्नो धारणा राखेको सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘बैठकमा सहभागी सबै दलले आ–आफ्नो धारणा राख्नुभयो, यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको छ’ कार्कीले भने, ‘कसैले आशंका व्यक्त गर्नुभएको छ। ती सबै कुरामा फेरि छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्छ।’

Advertisement

सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसिसी सम्झौता पारित गर्न नहुने धारणा राखेका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताए।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले पनि संशोधन विना एमसिसी अगाडि बढाउन नसकिने धारणा राखे। जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा राखेका छन्। सर्वदलीय बैठक नेकपा एमालेले भने बहिष्कार गरेकाे छ।