काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारको लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सर्वदलीय बैठक भोलि अपरान्ह ४ बजेका लागि बोलाईएको छ ।
प्रधानमन्त्री देउवालाई हिजोमात्रै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।
पछिल्लो समय एमसीसी सम्झौता संसद्बाट पारित गराउने चर्चा चलिरहेको बेला प्रचण्डले भने यसबारेमा सर्वदलीय बैठक राखेर साझा धारणा बनाउनुपर्ने बताएका छन् ।