काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको मतगणना सुरू हुने भएको छ । मतगणना शनिबार बिहान १० बजेदेखि सुरु हुने भनिएतानि केहीबेर ढिलो गरी सुरू भएको हो ।
निर्वाचन समितिका अनुसार आइतबार भएको निर्वाचनमा खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।
नेपाली काँग्रेस १४औं महाधिवेशनमा यसअघि नै सभापतिसहित १३ पदाधिकारी निर्वाचित भइसकेका छन् ।