काठमाडौं । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीम रावलले आफूलाई पार्टीको केन्द्रीय परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । आफूलाई नसोधी कुनैपनि पदको टीका लगाईदिनु आपत्तिजनक रहेको रावलले बताए ।
यस्तो टीके प्रणाली जबज र लोकतान्त्रिक मान्यताको विपरित हुने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन् “मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।”