June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

नेकपा एमालेमा भीम रावललाई सल्लाहकारको जिम्मेवारी

2.7K

काठमाडौं । नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । रावल पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन थिए ।

पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ ।

Advertisement