काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना आजदेखि सुरु भएको छ । मतगणनाअनुसार केन्द्रीय सदस्य प्रदेश नं २ (महिला) एक पदमा चित्रलेखा यादव विजयी भएको निर्वाचित भएकी छन् ।
निकटतम प्रतिस्पर्धी गीता चौधरीलीलाई पराजित गर्दै यादव विजयी बनेकी हुन् । यादवले दुई हजार ७३१ मत प्राप्त गर्दा चौधरीले एक हजार ८८५ प्राप्त गरेकी थिइन् । मतदानमा जम्मा चार हजार ६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो ।
काँग्रेस विधानअनुसार प्रत्येक प्रदेशबाट तीन जनाका दरले निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये केन्द्रीय सदस्य प्रदेश नं २ का (पुरुष) दुई पदमा यसअघि नै रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसकेकी छिन् ।
शुक्रबार सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सदस्यको मतगणना सुरु गरिएको हो ।