June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

नेपाली काँग्रेसको थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

2.8K

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । प्रतिद्धन्द्धी तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार कुल ४६८७ मत खसेकोमा उमाकान्त चौधरीले २६७८ मत पाए भने तेजुलाल चौधरीले १८३७ मत पाएका छन् ।

उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।

Advertisement