काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् । मन्सुर सभापति शेरबहादुर देउवा समूहका हुन् ।
शुक्रबार भएको मतगणनामा शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै मन्सुर मुस्लिमतर्फको सहमहामन्त्री जितेका हुन् । मन्सुरले २७७६ मत पाए भने वकिलले १८७१ मत पाए ।
त्यस्तै, थारू, मधेसी, खस/आर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ ।
यसअघि बिहीबार महिला, दलित र आदिवासी/जनजाति क्लस्टरका सहमहामन्त्रीको मतपरिणाम आएको थियो ।