June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

रक्षा मन्त्री मीनेन्द्र रिजालले दिए मन्त्रीबाट राजीनामा

2.7K

काठमाडौं । रक्षा मन्त्री मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रिाजलले राजीनामा पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् ।

मत गणना जारी छँदै सामाजिक संजालमार्फत राजिनामा दिने घोषणा गरेका रक्षा मन्त्री रिजालले प्रधानमन्त्रीलाई सिंहदरबारमा गएर राजीनामा पत्र बुझाएका हुन् ।

महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

Advertisement