काठमाडौं । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार गगन थापाले ३०२३ र विश्वप्रकाशले १९८४ मत पाएका छन् ।
गगन थापाले खसेको मतको झन्डै दुई तिहाइ मत पाए भने विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ। कूल ४६८२ मत खसेको थियो । अन्तिम परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।
त्यस्तै, तेस्रो स्थानमा रहेका प्रकाशशरणले १५५० मत पाएका छन् भने प्रदीप पौडेलले १४०९ मत ल्याएका छन् । मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०७ मत आएको छ ।
गगन थापा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए भने मिनेन्द्र रिजाल पनि शेखरकै प्यानलबाट उम्मेदवार बनेका बनेका थिए ।
रक्षामन्त्री समेत रहेका रिजालले मन्त्रीबाट राजिनामा दिने घोषणा गरिसकेका छन् ।