काठमाडौं । रक्षा मन्त्री मिनेन्द्र रिजालले राजीनामा दिने भएका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजालले पराजय उन्मुख भएपछि आफूले राजीनामा दिन लागेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’
महामन्त्रीका लागि जारी मतगणनामा गगन थापा अग्रस्थानमा छन् भने दास्रो स्थानमा विश्वप्रकाश छन् । रिजाल पाँचौं नम्बरमा छन् ।