काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको पदका लागि भएको निर्वाचनको अहिलेसम्मको परिणाम अनुसार गगन थापा महामन्त्री बन्ने सम्भावना नजिकिदै गएको छ ।
अहिलेसम्म ३४२० मत गणना हुँदा गगन थापाले २२२७ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले १३६७ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा प्रकाशशरण महतले ११२७ मत प्राप्त गरेका छन् ।
अहिलेसम्मको मत परिणाम
गगनकुमार थापाः २२२७
विश्वप्रकाश शर्माः १३६७
प्रकाशशरण महतः ११२७
प्रदीप पौडेलः १०३०
मीनेन्द्र रिजालः ६०३
राजाराम कार्कीः ७७