काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी चयन भएकी छिन् । केसी निर्विरोध अध्यक्षमा चयन भएकी हुन् ।
अध्यक्षमा यसअघि कर्णाली सरकारका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, राजकुमार शर्माको नाम चर्चामा रहे पनि अन्तिममा आएर प्रदेश कमिटीको पहिलो बैठकले केसीलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभा सदस्य समेत रहेकी केसी कर्णाली प्रदेश सरकारमा झण्डै तीन वर्ष भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।