काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले डा. शेखर कोइराला सभापतिमा निर्वाचित नभए पनि काँग्रेसलाई पुनर्जागरण गर्ने जिम्मेवारी मतदाताले डा. कोइरालालाई नै दिएको बताएका छन् ।
डा. शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. रिजालले सुन र पित्तल छुट्टिएको बताएका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार रहेका उनले दुःखमा नै चरित्र पहिचान हुने बताए ।
रिजालले भन, ‘सुन र पित्तल तातोमा छुट्टिन्छ, अहिले सुन र पित्तल छुट्टिएको छ ।’
त्यस्तै, विचारमा प्रतिनिधित्व नभएसम्म काँग्रेस वास्तवमा ‘काँग्रेस’ नहुने रिजालले बताए । ‘निर्वाचनको जित र हार महत्वपूर्ण होइन, काँग्रेसको अनुहार कस्तो देखिन्छ त्यो महत्त्वपूर्ण कुरा हो । देउवालाई महाधिवेशनले जिम्मेवारी दिएको छ, ठुलो परिवर्तनको जिम्मा तपाईको काँधमा दिएको छ । दोहो¥याएर सभापति हुँदा तपाईको काँधमा मालामात्र होइन, जिम्मेवारीको बोझ पनि थपिएको छ ।’, रिजालले भने ।