November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस उपसभापतिको मतगणना सुरु

3.5K

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारीको मतगणना भर्खरै सुरु भएको छ। 

निर्वाचन समितिको भर्खरै सम्पन्‍न बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। उनका अनुसार अहिले उपसभापति पदको मतगणना सुरु गर्ने तयारी गरिएको छ। ‘आजै उपसभापतिको मतगणना  हुन्छ’, उनले भने, ‘तत्काल सुरु गरिसकेका छौँ।’ 

दुईजना उपसभापति पदका लागि सातजना प्रतिष्पर्धामा छन्। सभापति शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला प्यानलबाट डा.चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाको उम्मेदवारी छ। साथै महेश आचार्य र दिव्यश्वरी शाह पनि उपसभापति पदको प्रतिष्पर्धामा छन्। 

Advertisement