November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस पदाधिकारी र सदस्यको मतगणना आजै, एक साताभित्र सबै नतिजा आउने

3.4K

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यको मत गणना आजै सुरु हुने भएको छ। १४औं महाधिवेशनअन्तर्गत सभापतिको अन्तिम परिणाम घोषणा गरेसंगै निर्वाचन आयोगका संयोजक वरिष्ठ अविक्ता गोपालकृष्ण घिमिरेले आजै दिउँसोबाट बाँकी मत गणना थालनी गरिने बताए ।

अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ। मत गणना सानेपामै गर्ने तयारी छ। अब पहिले महमन्त्रीलगायत पदाधिकारीको गणना हुने उनले बताए। लगातार गणना गरी एक साताभित्रै सबैको परिणाम घोषणा गर्ने तयारी आयोगले गरेको छ।

महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा विजयी भैसकेका छन्। प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा विजयी भएका हुन्।

Advertisement

सभापति चुन्नका लागि मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।