काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा नेकपा एस (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बधाई दिएका छन् ।
अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गर्दै बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री देउवा काँग्रेसको १४औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् ।