June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

कांग्रेस महाधिवेशन अपडेट : सभापतिका लागि मतदान सकियो

1.7K

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि दोहोर्‍याएर भएको मतदान सकिएको छ।

दोस्रो चरणको मतदान अहिले करिब ९ः१० मा सकिएको हो। राति ८ बजेर ४० मिनेटमा ४ हजार ३ सय ७५ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको थियो।

राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा दिउँसो साढे ३ बजेदेखि मतदान शुरु भएको थियो। दोस्रो चरणमा सभापतिका दुई उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले प्रतिस्पर्धा गरिरहेका छन्। 

Advertisement

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि पार्टीको विधानअनुसार सभापतिका लागि  पुनः निर्वाचन भएको हो।