June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

सभापतिका लागि दोस्रो चरणको मतदान सुरु नेपाली

2.5K

काठमाडौं । नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो ।

निर्वाचन समितिका अनुसार सभापति चयनका लागि भएको पहिलो चरणको मतदानमा ७६ मत बदर भएको थियो । खसेको ४६७९ मध्ये ७६ मत बदर  भएको हो । 

मतदान दिउँसो साडे ३ बजेदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो । 

Advertisement

दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।