June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

प्रकाशमानको समर्थन देउवालाई

3.2K

काठमाडौं : नेपाली कांग्रेसको भावी सभापतिका प्रत्यासी प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्। प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका सभापतिका प्रत्यासी देउवालाई समर्थन गर्ने  सिंहले बताए। 

आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा लिखित सहमति गरेको बताइएकाे छ। 

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको थियो। सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने भएकाे हाे।  त्यसका लागि सभापति देउवाको दौडधुप बढेकाे थियो। आज विहानै प्रधानमन्त्री समेत रहेका देउवाले नेता बालकृष्ण खाडलाई प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका थिए। 

Advertisement

प्रकाशमानको सकारात्मक जवाफ पाएपछि देउवा आफै चाक्सीबारी पुगेका थिए। छलफलपछि बाेल्दै सभापतिका प्रत्यासी प्रकाशमानले आफ्नो समर्थन देउवालाई रहेकाे बताए। 

प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७ सय मत प्राप्त गरे। सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरे।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए। मतदानमा कूल ७६ मत बदर भएको थियो।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ। समितिका अनुसार देउवाले ४८ दशमलव २३, कोइरालाले ३६ दशमल ९३, सिंहले ७ दशमल ९२, निधिले ५ दशमल ३१ र गुरुङले ० दशमल ०४ प्रतिशत मत ल्याए। सबैभन्दा बढी मत प्राप्त गर्ने सभापति देउवालाई विजयी हुनका लागि ८१ मत नपुगेको समितिले जनाएको छ।