काठमाडौं । नेपाली कांग्रेसमा सभापति चयनका लागि भएको पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारहरुले बहुमत पुर्याउन नसक्दा पुनः दोस्रो चरणको मतदान हुने भएको छ ।
भर्खरै सार्वजिनक मतपरीणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रो स्थानमा रहेका शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुने निश्चित भएको हो ।
देउवाले सबैभन्दा बढी मत पाए पनि उनले ८३ मत पुर्याउन नसक्दा निर्वाचन हुन लागेको हो । कुल ४ हजार ६ सय ७९ मतमा देउवाले २ हजार २ सय ५८ मत पाए ।
त्यस्तै कोइरालाले १ हजार ७ सय २९ मत पाएका छन् ।
यसैगरी,प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए ।