काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन् ।
आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापतिमा जित्न नसके प्रधानमन्त्रीबाट हटाउने भन्दै देउवाले सहयोगका लागि प्रतिनिधिसँग भोट मागेका छन् ।
देउवाले भने, ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ, जित्न आवश्यक छ । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर मलाई प्रश्न गर्छन् ।’