June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

कांग्रेस महाधिवेशनः १३४ पदमा ५४८ उम्मेदवार

2.1K

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ ।

जसअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।

Advertisement

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।

दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा राजाराम कार्की, प्रदीप पौडेल र डा प्रकाशशरण महत रहेका छन् ।