काठमाडौं । नेपाली काँग्रेसका नेता विनोद चौधरीले पार्टीको जारी १४औं महाधिवेशनमा मधेशीतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्रका रूपमा चिनाउन केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका चौधरीले बताए ।
‘नेपाली काँग्रेसको नेतृत्वमा राजनीतिक क्रान्तिहरू सफल भए र अब आर्थिक क्रान्तिको जिम्मेवारी पनि कांग्रेसकै हो’, उनले भने ।