काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको प्यानलले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो भएको छलफलमा कोइराला सभापतिको उम्मेदवार बनेका छन् भने उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिने तयारी गरेका छन् ।
यस्तै महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिने छन् ।
यस्तै सहमहामन्त्री देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँ उम्मेदवार बन्ने तयारी गरेका छन् । चालिसे खसआर्यबाट, लामा जनजाति, पन्त महिला, यादव मधेसी, चौधरी थारु समुदायबाट र मियाँ मुस्लिम समुदायबाट उम्मेदवार बन्ने भएका हुन् ।
यसअघि विश्वप्रकाश शर्मालाई महामन्त्री पदमा उम्मेदवार बनाउने भने पनि अन्तिम घडीमा रिजालले आफू महामन्त्री नछोड्ने भन्दै अडान लिएपछि शर्मा पछि हटेका थिए ।
शुक्रबार भने सभापति शेरबहादुर देउवा समूहबाट प्रदीप पौडेल महामन्त्रीमा उम्मेदवार बन्ने पक्कापक्की भएपछि शर्मा असन्तुष्ट बन्दै शेखर प्यानलतिर नजिकिएका थिए ।