June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

कांग्रेस महाधिवेशन : बन्दसत्र सुरु, साझा उम्मेदवार छान्न पौडेल समूह फेरि छलफलमा

3K

काठमाडौं । ने‍पाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । शुक्रबार भृकुटीमण्डमा उद्घाटन सत्र सकिएसँगै बन्दसत्र सुरु भएको हो । राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरि बन्दसत्र सुरु भएको हो । प्रधानमन्त्री एवं सभापति बन्दसत्र स्थलमा प्रवेश गरेका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने बन्दसत्रमा उपस्थित छैन । 

पौडेल पक्ष  सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ । बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी छन् । 

Advertisement