June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

साझा उम्मेदवार छान्न पौडेल समूह फेरि छलफलमा

1.9K

काठमाडौँ । कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु साझा उम्मेदवारी चयनका लागि फेरि छलफलमा जुटेका छन् । भृकुटीमण्डपमा खुलासत्र सकिएलगत्तै नेताहरू बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला भएका हुन् ।

‘साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल हो, यो अन्तिम प्रयास हो, अब जे हुन्छ, त्यही हुन्छ,’ एक केन्द्रीय सदस्यले भने ।

सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला आकांक्षी छन् । कोइरालाद्वयले पौडेलको नाममा सहमति गरेर साझा उम्मेदवार चयन गर्न सकिने बताए पनि सिंहले अडान नछोडेपछि साझा उम्मेदवार चयनको विषय अन्योल बनेको हो ।

Advertisement