June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

धर्म निरपेक्षता भन्ने शब्द ठीक होइन : डा शशांक कोइराला

3.8K

काठमाडौं । काँग्रेस महामन्त्री डा शशांक कोइरालाले देश धर्म निरपेक्ष हुन नसक्ने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले धर्मनिरपेक्षता शब्द ठीक नभएको पनि बताए ।

‘धर्म निरपेक्षता भन्ने शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन । न धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’, उनले भने ।

त्यस्तै कोइरालाले पार्टीको महाधिवेशनमा नीति र कार्यक्रमबारे पर्याप्त छलफल हुनुपर्नेमा त्यसो हुन नसकेको पनि बताए । अधिवेशन गर्दा नीतिको कुरा नगरी खाली नेतृत्वको मात्रै कुरा गर्ने गरेको बताए ।

Advertisement

त्यस्तै डा कोइरालाले विपी कोइरालले आफ्नो समयमा २५ प्रतिशत बजेट कृषिमा लगानी गरेको स्मरण गराउदै प्रधानमन्त्री देउवालाई कृषिमा ३० प्रतिशत बजेटको व्यावस्था गर्नुपने सुझाए । अधिकांश नेपाली कृषिमा निर्भर रहेतापनि कृषिका लागि २ प्रतिशत मात्रै बजेट छुट्याइएको बताए । पानीका योजनाहरु धेरै बनेतापनि कृषिलाई प्राथमिकता नदिएको बताए ।