June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

पूर्व राजाले एउटा पार्टी खोले हुन्छ, होइन भने राम्रो व्यापार गरेर बसे हुन्छ: माधव नेपाल

1.9K

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताउदै ज्ञानेन्द्र शाहलाई एउटा पार्टी खोल्न वा राम्रो व्यापारमा लाग्न सुझाएका छन् ।

‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’ अध्यक्ष नेपालले भने ।

शुक्रबार नेपाली काँग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको सम्झिए । तर अहिले कालो बादल मडारिन खोजेको बताए । ‘प्रतिगमी तत्वहरुलाई म भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ, फर्किनेवाला छैन ।’ अध्यक्ष नेपालले भने ।

Advertisement

त्यस्तै अध्यक्ष नेपालले राज्य सत्ता र पार्टीभित्र विकृति रहेको बताए । विकृतिका बाहकहरुले फैलाइराख्ने र आफूहरु टुलुटुलु हेरर बस्न हुन नसक्ने भन्दै उनले भने, ‘त्यो विकृति शुरु हुन्छ, भ्रष्टाचार, सत्ताको दुरुपयोग गर्ने, मैमत्त गर्ने प्रवृतिबाट । लोकतन्त्रको मुल्य मान्यतालाई कुल्चने प्रवृतिबाट, अरुको सम्मान नगर्ने प्रवृतिबाट । अरुको मर्यादा नगर्ने प्रवृतिबाट ।’

अध्यक्ष नेपालले साँचो अर्थमा लोकतन्त्र चाहने हो भने लोकतन्त्रका मूल्य र मान्यता आत्मसात गर्नुपर्ने बताए ।