January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

285

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुनेछ ।

शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनको अघिल्लो दिन काँग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

Advertisement

आगामी महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः नेतृत्वका लागि चुनाव लड्दैछन् भने संस्थापन इतरबाट सभापतिका साझा उम्मेदवारको अझै तय भइसकेको छैन ।