January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

गीतकार शम्भु बाछना राईको ‘सेवा सेमुना’ गीत सार्वजनिक हुँदै

630

नडाहा । लामो समयमा परदेशमा रहेर पत्रकारिता र गीत लेखनमा सकृय गीतकार शम्भु बाछना राईको ‘सेवा सेमुना’ साकेला गीत आज सार्वजनिक भएको छ ।

किरात राईहरुको महान पर्व साकेला उधौलीको अवसरमा आज हतुवागढी अनलाइन डटकमको अफिसियल युट्युबमार्फत सो गीतको सार्वजनिक गरिएको हो । शम्भु बाछनाले लेखेको सो गीतमा सुदिता राई र भिम राईको युगल गायन रहेको छ । सङ्गीत भने गायक स्वयं भिम राईकै रहेको छ । किङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई रेकर्डिङ शुरेस राई र मनोज राईले गरेका छन् यस्तै एरेन्ज राजु कार्कीले गरेका छन् । गीत प्रकृति पुजक किरात राईहरुको कला र संस्कृतिसङ्गै माया र प्रेमलाई पनि संयोजन गरिएको छ ।

गीतकार राईको परदेशमा रहेर पनि नेपाली साहित्य र सङ्गीतप्रति समर्पित छन् । उनको यसअघि पनी कैयौं गीतहरु बजारमा आइसकेको छ । उसो त नेपाली साहित्यको श्रीवृद्धिका निम्ति उनले हतुवागढी शब्द घरअन्तरगत “अक्षरालय” अभियानको रुपमा निरन्तर चलिरहेको छ । राई हतुवागढी शब्द घरका व्यवस्थापक एवम् निर्देशकसमेत हुन् । यो गीतको बारेमा हामीसङ्गको कुराकानीमा गीतकार राईले यो गीत बिलकुल बिगतभन्दा फरक रहेको बताए । उनले थपे “हिजोको दिनमा मनोरञ्जन र आत्मसन्तुष्टिको निम्ति गीत लेखियो । यो गीत आफ्नो संस्कृतिप्रति समर्पित रहेकोले गीत के कस्तो भयो होला ? बा कमजोरी भयो कि भन्ने कुरामा गम्भीर पनि उत्तिकै छु । अब गीत श्रोताहरु माझ पुगिसकेकोले वहाँहरुको रचनात्मक प्रतिकृयाको आशामा छु । सोही प्रतिकृया अनुसार आगामी योजनाहरु बनाउने छु ।”

Advertisement