January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

आज पनि सर्वोच्च अदालत परिसरमा बारको बिरोध प्रदर्शन

240

काठमाडौं । नेपाल बार एशोसिएसनले आज पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए । उनले प्रमुख राजनीतिक दलहरूलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायाधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए ।

त्यस्तै, कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब सरकारले तत्काल प्रधानन्यायाधीशलाई दिइरहेको सवारी साधनको सुविधा र सुरक्षाको सुविधा खोस्नुपर्ने बताए । अहिले प्रधानन्यायाधीश एउटा मूर्ति जस्तै भएको बताउँदै न्यायमा सक्रिय हुने, न्यायपालिकाको नेतृत्व गर्ने मान्छे मात्रै प्रधानन्यायाधीश हुनसक्ने उनले बताए ।

Advertisement