January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

राष्ट्रिय युवा संघका सदस्य राजन श्रेष्ठको हत्यामा संलग्न २ जना पक्राउ, लेनदेनका कारण हत्या

175

भक्तपुर । राष्ट्रिय युवा संघका जिल्ला सदस्य राजन श्रेष्ठको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनकै नजिकका साथीहरु हेमन्त श्रेष्ठ र प्रेम विक रहेका छन् ।

हत्याको अभियोगमा पक्राउ परेका २ जनालाई प्रहरीले केहीबेरमा सार्वजनिक गर्ने भएको छ ।

३३ वर्षीय श्रेष्ठको मंगलबार मध्यपुरथिमी नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा आफ्नै साथिहरुद्धारा हत्या भएको हो ।

Advertisement

गए राति करिब पौने १० बजे गठ्ठाघरमा आफ्नो गाडी पार्किङ गरि घर फर्कने क्रममा श्रेष्ठलाई कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा थियो । टाउकोमा गहिरो चोट लागेको श्रेष्ठलाई उपचारको लागि अस्पताल लगेलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो ।

श्रेष्ठको राजनीतिक कारण हत्या नभएको, सामान्य लेनदेनको विषमा कुटपिट हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठले तिर्नुपर्ने २ लाख रुपैयाँको विषयमा विवाद बढ्दै जाँदा घटना भएको प्रहरीको भनाई छ ।