January 27, 2022, Thursday
२०७८ माघ १४
1:37:26 pm

विवाह पञ्चमीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुभकामना

310

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । राम र सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, कर्तव्य र सामाजिक न्यायको उत्कृष्ट नमूना प्राप्त गर्न सकिने शुभकामना सन्देशमा उल्लेख गरेका छ ।

नेपालकी छोरी देवी सीता हाम्रो गौरवकी प्रतिमूर्ति भएको र हामीले एउटा आदर्श नारीमा हुनुपर्ने गुणसमेत उनले प्रदर्शन गरेको व्यवहारबाट सिक्न सकिने प्रधानमन्त्री देउवाले बताएका छन् ।

त्यसैगरी कोभिड–१९ को महामारी निर्मूल नभइसकेको विद्यमान अवस्थामा स्वास्थ्य मापदण्डलाई ख्याल राख्दै सतर्कतापूर्वक यो राम–जानकी विवाह महोत्सव मनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

Advertisement