January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

नेपाली काँग्रेसको सहमहामन्त्री पदमा सीता गुरूङले उम्मेदवारी दिने

350

काठमाडौं । नेपाली काँग्रेसको सहमहामन्त्री पदमा पूर्वराज्यमन्त्री सीता गुरूङले उम्मेदवारी दिने भएकी छन् । उनले १४औं महाधिवेशनमा आदिवासी जनजातीतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् ।

भापति शेरबहादुर देउवा पक्षकी गुरुङ पार्टीको केन्द्रीय आदिवासी जनजाती विभाग प्रमुख हुन् । नेविसंघबाट पार्टी राजनीतिमा आएकी उनी १२औं र १३औं महाधिवेशनमा केन्द्रीय सदस्य भएकी थिइन् ।

०७४ सालमा तेह्रथुमबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएकी उनी यसअघि देउवा सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री थिइन् ।

Advertisement