January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

लिङ्देललाई थापाको चुनौतिः टुँडिखेलमा दौडौं, हारेभने अध्यक्ष छोड्छु

375

काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । आज काठमाडौँमा एक कार्यक्रम गरेर उनले आफू सधै अध्यक्ष पदमा रहि रहने मानसिकतामा नरहेको तर, आफू केही काम गर्न बाँकी रहेको कारण अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।

उनले आफूले उक्त काम गर्नु पर्ने र त्यसका लागि आफूलाई अध्यक्ष पद छोडिदिन समेत आग्रह गरेका छन् । थापाले अहिले केही मानिसहरुले युवा र पुस्ताको कुरा गरेको बताएका छन् । उनले भने, ‘नयाँ पुस्ताले युवा र उमेरको कुरा गरेका छन् । म कुन पुस्ताको हो मलाई नै थाहा छैन ।’

उनले नयाँ पुस्ताका साथीहरुलाई पुस्ता भनेर वा युवा र उमेर भनेर कुरा गर्ने हो भने टुँडिखेलमा गएर दौडौँ । यदि उनले मलाई दौडिँदा आफूले हारे अध्यक्ष उम्मेदवारी छोड्ने बताए । उनले आफू ३ पटक केन्द्रीय सदस्य हुँदा र तीन पटक अध्यक्ष हुँदा समेत भोट मान्न नपरेको बताए ।

Advertisement

अहिले प्रतिनिधि सभा सदस्यसमेत रहेका राजेन्द्र लिङ्देलले अब नयाँ पुस्ता र युवाले राप्रपाको नेतृत्व गर्नुपर्ने बताएका छन् । उनले आफू युवा र नयाँ पुस्ताको भएको दाबी गर्दै आफू अध्यक्ष बन्नुपर्ने बताइरहेको छ ।