January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

बेलायतमा सम्पुर्ण वयस्कलाई बुस्टर डोज दिइने

590

लन्डन । बेलायतमा सम्पूर्ण वयस्कलाई कोभिडविरुद्धको खोप दिइने भएको छ । खोपसम्बन्धी अनुगमनकारी निकायले १८ वर्षमाथिका सबैलाइ बुस्टर डोज खोप दिने तयारी गरेको हो ।

ओमिक्रोन भेरियन्टको त्रास बढिरहेका बेला सबै वयस्कलाई बुस्टर डोज दिन लागिएको हो । बेलायतमा शंकास्पद ७५ जनाको ओमिक्रोन परीक्षण भइरहेको छ । नयाँ भेरियन्टको भाइरस देखिएपछि बेलायतले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाइसकेको छ । नयाँ भेरियन्ट देखिएसँगै फेस मास्क अनिवार्य गरिएको छ भने शंकास्पद व्यक्तिलाई आइसोलेसनमा बस्न अनुरोध गरिएको छ ।

बेलायतमा अहिलेसम्म १ करोड ८० लाखले बुस्टर डोज लगाइसकेका छन् । स्रोतका अनुसार अब १८ देखि ३९ वर्ष उमेर समूहका १ करोड २८ लाखलाई बुस्टर डोज दिइनेछ ।

Advertisement