January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

लालबाबु पण्डितले मागे कार्यकारी भूमिकाबाट बिदा

390

काठमाडौँ । एमालेका पूर्वउपाध्यक्ष लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन् । आइतबारसम्म आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै आएका थिए । यद्यपि सर्वसम्मत नेतृत्व चयन भएमा आफूले कुनै पनि पद नछाड्ने उनको भनाइ थियो ।

पण्डित लेख्छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिदै दसांै महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

एमालेको दसौं महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन् । उनी खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन् ।

Advertisement

ओलीले जारी गरेको सूचीमा पदाधिकारीमा नपरेपछि पण्डितले सोमबार बिहान सामाजिक सञ्जालमार्फत कार्यकारी भूमिकाबाट बिदा मागेका हुन् ।

नवौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला उनी माधवकुमार नेपाल समूहबाट निर्वाचित भएका थिए । तर नेकपाको विवादका बेला उनले माधव नेपाललाई छाडेर ओलीलाई साथ दिएका थिए ।