January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध

340

काठमाडौँ । नेकपा (एमाले)को महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् । सोमबार बिहान १० बजेको समयसीमाभित्र पोखरेलको मात्र उम्मेदवारी दर्ता भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

Advertisement