April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

एमाले महाधिवेशनः आज बन्द सत्र, पदाधिकारीसहित केन्द्रीय सदस्य थपिने

3.1K

चितवन । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशनको बन्द सत्र आजबाट सुरु हुँदैछ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन सत्र सकिए लगत्तै आज बन्द सत्र सुरु हुन लागेको हो । पूर्व निर्धारि कार्यक्रम अनुसार आज १० बजे बन्दसत्रको कारवाही सुरु हुनेछ । बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीसहित विदेशी अतिथिहरु सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि शुक्रबार राती अबेर सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेकपा एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय गरेको छ ।

सौराहस्थित होटल जंगल क्राउनमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पदहरु बढाएर सर्वसम्मत रुपमा एकताको महाधिवेशन बनाउने निर्णय गरेको हो ।

Advertisement

निर्णयअनुसार अब एमालेमा केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ । त्यसैगरी ९९ सदस्यीय पोलिटब्यूरो गठन हुनेछ । स्थायी कमिटी ४५ सदस्यीय नै यथावत रहनेछ । पदाधिकारीतर्फ १९ जना हुनेछ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन् ।