January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजदेखि सुरु

395

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ । जानकारी अनुसार बिहान १० बजेदेखि चितवनको सौराहास्थित सेभेन स्टार होटलमा बन्द सत्र सुरु हुनेछ ।

स्रोतका अनुसार बन्द सत्रमा एमाले केन्द्रीय कमिटीले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय अनुमोदनका लागि पेस हुनेछ । त्यसैगरी बन्द सत्रमा विभिन्न राष्ट्रबाट आएका प्रतिनिधिहरुले शुभकामना दिनेछन् ।

एमालेले आज नै उम्मेदवारी दर्ता र भोलि बिहानदेखि मतदानको निर्वाचन कार्यक्रम तय गरेको छ ।

Advertisement

केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको अन्तिम बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्‍याएको थियो । साथै ९९ सदस्यीय पोलिटब्यूरो व्यवस्था गर्ने, केन्द्रीय कमिटीमा वरिष्ठसहित ७ उपाध्यक्ष र ३ उपमहासचिवको व्यवस्था गर्ने निर्णय भएको छ ।