December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

प्रधानन्यायाधीशविरुद्ध सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास

150

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न संघ संस्थाले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मार्चपास गरेका हुन् ।

के संसदको काम सुतिरहने हो ? न्याय किनबेच बन्द गर, प्रधानन्यायाधिशको बहिर्गमन, जस्ता नारासहित मार्चपास गरेका थिए ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै लामो समयदेखि आन्दोलनरत सर्वोच्चका न्यायाधीश र वकिलहरुले प्रधानन्यायाधीश जबरा र राजनीतिक दलहरुलाई दबाव दिन मार्चपास गरेका हुन् ।

Advertisement