December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

नेपाली काँग्रेस सभापतिमा युवराज न्यौपानेको उम्मेदवारी

225

काठमाडौं । युवराज न्यौपानेले नेपाली काँगेसको १४औं महाधिवेशनमा सभापति उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका न्यौपानेले आफूलाई युवा महाधिवेशन प्रतिनिधिको साथ र सहयोग रहने पनि बताएका थिए । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई अब अभिभावक भएर बस्न उनले आग्रह गरेका थिए ।

गोरखाको आरूघाट गाउँपालिका वडा नम्बर ८ का न्यौपानेले आफूले उम्मेदवारी फिर्ता नलिने पनि बताए । काँग्रेसले मंसिर २१ का लागि उम्मेदवारी मनोनयन दर्ताको समय दिएको छ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म हुन लागेको छ ।

Advertisement