December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

लुम्बिनी प्रदेश सरकार छुट्टै कानुन बनाएर दलित समुदायको पक्षमा काम गर्न तयार रहेको मुख्यमन्त्री केसीको भनाइ

330

बाँके । छुवाछूत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएपनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन् ।

मंगलबार बुुटवलमा दलित महिला सङ्घले आयोजना गरेको दलित महिला जनप्रतिनिधि र अभियानकर्मीको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले छुवाछूत अन्त्यका लागि संविधानको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । त्यसैगरी उनले तहगत संरचनामा पुगेका जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

सामाजिक विभेद संवैधानिकरूपमा अन्त्य भए पनि व्यवहारिकरूपमा त्यो जीवित नै भएको लुम्बिनी प्रदेश सरकार छुट्टै कानुन वा एकीकृत कानुन बनाएर दलित समुदायको पक्षमा काम गर्न तयार रहेको मुख्यमन्त्री केसीले बताए ।

Advertisement