April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

एमालेद्वारा ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा

2.1K

काठमाडौं । नेकपा एमालेले महाधिवेशनको बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटी गठन गरेको छ । आज (मंगलबार) बसेको स्थाइ कमिटी बैठकले अध्यक्ष मण्डल र माइन्युट कमिटी गठन गरेको हो ।

कमिटीको अध्यक्ष मण्डलमा केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

यस्तै कमिटीमा पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वाला कुमारी साह रहेका छन् । एमाले महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदैछ ।

Advertisement