January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

वकिल र न्यायाधीशको आन्दोलनविरुद्ध सर्वोच्च घेराउ गरिने

1.6K

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा भइरहेको आन्दोलन र न्यायाधीशहरुको बेन्च बहिष्कारविरुद्ध उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र नागरिकहरूले आज सवोच्च अदालत घेराउ गर्ने भएका छन् । उनिहरुले विहान ११ः३० बजे माइतीघर मण्डलामा भेला हुँदै अदालत घेराउ गर्ने भएका हुन् ।

यता प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागेर महिना दिनदेखि सुरु भएको बार एसोसिएसनको आन्दोलन पनि जारी छ ।

प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको इजलासमा नबस्न जोडदार माग गर्दै कालोपट्टी बाँधी विरोध तथा धर्ना कार्यक्रम विहान १० बजेदेखि सुरु हुनेछ ।

Advertisement